शेयर बजारमा रेकर्ड

454
  •  
  •  
  •  

काठमाडौं, ५ साउन (ओएनएस) पछिल्लो समय लगातार उकालो लागेको शेयर बजारमा सोमवार नयाँ रेकर्ड कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार एकैदिन १ अर्ब २० करोडको कारोबार भएको हो । नेप्से ८ दशमलव ५६ अंकले बढेर १ हजार ८३ दशमलव ५३ बिन्दुमा पुगेको छ ।

जलविद्युत र विमा समूहमा बाहेक अन्य सूचक बढ्दा नेप्सेमा ८ अंकको सुधार देखिएको हो । बैकिङ समूहमा ४ अंक बढ्दा बीमा र जलविद्युत समूहमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीति, सरकारको बजेट र राजनीतिक स्थिरताका संकेतले शेयर बजारमाम उत्साह दखिएको हो ।

वर्तमान सरकार गठन हुदा ८ सयको हाराहारिमा रहेको नेप्से ११ सय बिन्दु नजिक पुगेको छ । नेप्से बढेसंगै ‘क’ बर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर २ सय ३३ बिन्दुमा पुगेको छ ।


  •  
  •  
  •