शेयर बजार : ९४ करोडको कारोबार

625
  •  
  •  
  •  

share bazar

काठमाडौ, २३ साउन (अाेएनएस) : सोमबार पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । सोमबार परिसूचक २.८९ अंकले बढेर १६६७.९४ अंकमा पुग्दा ९४ करोड ६८ लाख रुपैंयाको कारोबार भएको छ ।

अाज बैंकिङ, जलविद्युत् र उत्पादनमूलक समूह घटेका छन् भने होटल विकास बैंक, फाइनान्स, बीमा र अन्य बढेका छन् ।

दिनभरिमा १५९ वटा कम्पनीको ३९ लाख ४२ हजार ५४८ कित्ता सेयर आठ हजार पाँच सय ८१ पटक खरिदविक्री हुँदा ९४ करोड ६८ लाख ५ हजार २ सय ७३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार नागरिक लगानी कोषको छ करोड ७२ लाखमाथिको कारोबार भएको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक र नविल बैंकको तीन करोडमाथिको कारोबार भएको छ भने प्राइम बैंक, प्रभु बैंक र नेशनल माइक्रोफाइनान्सको दुई करोडमाथिको कारोबार भएको छ ।


  •  
  •  
  •