नेप्से २५ अंकले घट्दा ८४ करोडको कारोबार

936
  •  
  •  
  •  

share market
काठमाडौ, १९ भदौ (ओएनएस) : सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २५.४७ अंकले घटेको छ । १ सय ५२ वटा कम्पनीेको १५ लाख ७० ७ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

१५८० को विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स कारोबार बन्दसम्म हुँदा १५५४ विन्दमा राकियो । उतारचढाव देखिएको सेयर बजारमा नेप्सेका सवै उपसमूहरु राताम्मै भएका भए।

आज बैंक २५।७४ अंक, होटल १३।२५ अंक, विकास बैंक ३६।१७ अंक, हाइड्रोपावर १९।७३ अंक, फाइनान्स ४।०१ अंक, इन्स्योरेन्स १३६।७३ अंक, उत्पादन १८।४६ अंक र अन्इ ४।९१ अंकले घटेको छ ।


  •  
  •  
  •