शेयर बजार : तीन अर्ब बढीको कारोबार

362
  •  
  •  
  •  

share market
काठमाडौं, १७ भदौ (ओएनएस) : धितोपत्र बजारमा यस साता तीन अर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा ७ दशमलव ४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ दशमलव २९ अंकले घटेर अन्तिम दिन एक हजार ५८० दशमलव ०३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ९ दशमलव ४२ अंकले घटेर ३३१ दशमलव ३२ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा छिमेक लघुवित्त विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १८ करोड ४२ लाख ७० हजार बराबरको कारोबार भएको थियो ।

त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा एनआसी एसिया बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको तीन लाख २६ हजार कित्ता शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार संख्याका आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा छ । यो कम्पनीको सात हजार ८७८ वटा शेयर कारोबार भएको स्टकले जनाएको छ ।


  •  
  •  
  •