शेयर कारोबार गर्ने बढे

219
  •  
  •  
  •  

share market
काठमाडौ‌, ९ भदौ (ओएनएस) :  शेयर बजारको दायरा फराकिलो हुँदै गएपछि कारोबार गर्नेको संख्या पनि बढ्दै गएको छ ।

बनेपामा भिजन सेक्युरिटिज प्रालि, डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र शेयर कारोबारको काम विगत ६ महिनादेखि गर्न थालेपछि कारोबार गर्नेको संख्या बढेको हो ।

भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट शेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताए ।

उनले यस क्षेत्रमा शेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै शेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताए ।
शाखामा एक साताको अवधिमा रु १० करोड ११ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ ।

चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा रु छ करोड तीन लाख ४० हजार भएको थियो ।

त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा रु ९१ लाख ११ हजारको कारोबार गरेको छ ।

गत साता सो कार्यालयले रु ८५ लाख ६० हजारको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिए । बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ ।


  •  
  •  
  •