शेयर बजार ओरालो लाग्यो

191
  •  
  •  
  •  

share bazar down

काठमाडौं, २६ साउन (ओएनएस) : धितोपत्र बजारमा आज शेयर कारोबार ओरालो लागेको छ ।

नेपाल स्टक एक्चेञ्ज लिमिटेडका अनुसार आज बजार ८.१९ बिन्दुले ओरालो लागेर एक हजार ६५३.९० बिन्दुमा पुगेको छ। ठूला कम्पनीका शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.८५ बिन्दुले घटेर ३४७.१२ बिन्दुमा पुगेको छ ।

कुल १६१ कम्पनीको २० लाख १० हजार ४४७ कित्ता शेयर रु ९२ करोड ७९ लाख ३० हजार २३९ मूल्यमा कारोबार भएको हो । वित्त क्षेत्र र उत्पादनमूलक समूहको शेयर मात्रै उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका हुन् ।

वित्त क्षेत्र १।२१ र उत्पादन समूहको शेयर १२।३४ बिन्दुले उकालो लाग्दा बैंकिङ ९.०२, होटल १३.४५, विकास बैंक ११.६, जलविद्युत् ६.३७, बीमा १६.०६ र अन्य समूह ३.७६ बिन्दुले घटेको छ ।


  •  
  •  
  •