घट्यो सेयर बजार, कारोबार रकम साढे ६ अर्ब मात्रै

57
  •  
  •  
  •  

काठमाडौं ।  सेयर बजार आइतबार ६१ अंक भन्दा धेरै घटेको छ।

नेप्से सूचक सँगै कारोबार रकम समेत घटेर साढे ६ अर्ब रुपैयाँमा सीमित भएको छ।

आइतबार २३३ कम्पनीका करिब एक करोड ४५ लाख कित्ता सेयर ६ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएका छन्।

मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशत र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढ्नु बाहेक बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

सर्वाधिक मूल्य घट्ने कम्पनीहरुमा भने फाइनान्स र जलविद्युत क्षेत्रका कम्पनीहरु अघि देखिएका छन्। आइसीएफसी फाइनान्सको मूल्य ९ प्रतिशतले घट्दा, घलेम्दी हाइड्रो, माउनटेन हाइड्रो, मल्टिपर्पोज फाइनान्स र बेष्ट फाइनान्सको सेयर मूल्य ७/७ प्रतिशतले घटेको छ।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधकि करिब ३४ करोड रुपैयँक सेयर किनबेच हुँदा फर्स्ट माइक्रोफाइनान्सको प्रमोटर सेयर करिब ३२ करोड रुपैयाँमा किनबेच भएका छन्।

नेपाल बैंकको २१ करोड, कामना सेवा विकास बैकको २० करोढ  नेशनल हाइड्रोपावरको १७ करोड रुपैयाँको कारोबार भएको छ।

म्युचुअल फण्ड बाहेकका सबै उपसमूह रातो हुँदा जीवन बीमा समूह ३७१ र निर्जीवन बीमा समूह ३५६ अंकले घटेको छ।

फाइनान्स १५६ अंक, जलविद्युत १३५ अंक,विकास बैंक १३० अंक, लघुवित्त १२० अंक र उत्पादन समूह ११६ अंकले घटेको छ।


  •  
  •  
  •