संविधानको धारा ७६ (२) अनुसार सरकार निर्माण प्रक्रिया अघि बढाउन देउवाको माग

97
  •  
  •  
  •  


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने दाबी गर्दै अब धारा ७६ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले ७६ (२) अनुसारको सरकार गठनको प्रक्रिया अघि बढ्नुपर्ने बताएका हुन्।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन हुने प्रावधान छ। देउवाले अदालतले संसद विघटन बदर हुने बित्तिकै नैतिकताको आधारमा राजीनामा निदिएकोमा पनि प्रधानमन्त्री ओलीको आलोचना गरे।


  •  
  •  
  •