कांग्रेस सभापति देउवा होम क्वारेन्टिनमा, सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित

59
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन्। सचिवालयमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनी बुढानिलकण्ठस्थित होम क्वारेन्टिनमा बसेका हुन्। बुधबार सचिवालयमा कार्यरत दुई जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो ।

कांग्रेस सभापति देउवा। फाइल तस्बिर।

मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा कोरोना संक्रमण देखिएको हो। कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टिनमा बसेका हुन्।
संवैधानिक निकायहरूमा नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने तयारी गरिरहेका बेला देउवा क्वारेन्टिनमा बसेका हुन्। देउवा होम आइसोलेसनमा बसेसँगै छलफल पनि स्थगित भएको छ ।

देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने बताइएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने पूर्व निर्धारित कार्यक्रम थियो ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here