निषेधाज्ञाको पहिलो दिन बढ्यो सेयर बजार

576
  •  
  •  
  •  


काठमाडौं । उपत्यकामा निषेधाज्ञाको पहिलो दिन सेयर बजार बढेको छ । नेप्से परिसूचक २५.८२ अंकले बढेर २६११.१० अंकमा पुगेको छ ।

यस्तै बिहीबार १५६ कम्पनीको सेयर मूल्य बढ्दा ४३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यो दिन ९८ लाख १८ हजार ४६ कित्ता सेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४८.६८ रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा महिला लघुवित्त र सिंगटी इनर्जीको कम्पनीमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने विशाल बजार कम्पनीको सेयर मूल्यमा ९.९ प्रतिशतको उछाल देखिएको छ ।

त्यसैगरी सानजेन जलविद्यूत्को सेयर मूल्य ८.५६ प्रतिशतले बढ्दा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ७.३० प्रतिशतले बढेको छ ।

सबैभन्दा बढी गुमाउने कम्पनीमा श्री इन्भेस्टमेन्ट फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स, युनिलिभर नेपाल छन् ।


  •  
  •  
  •