
काठमाडौं । शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको हो । यस अघि नेप्सेको अलटाइम हाइ २०७१.०३ विन्दु थियो। अघिल्लो दिन २०६२.०६ विन्दुमा बन्द भएको नेप्सेले अलटाइम हाइ रेकर्डलाई यस दिन प्रि ओपन सेसनमै तोडेको थियो।
बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। बिहीबार २०७ कम्पनीको ५० हजार ३८६ पटकको कारोबारमा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन अर्थात बुधबार बजारमा करिब साढे ४ अर्बको शेयर कारोबार भएको थियो।
बिहीबार साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी, एभरेष्ट बैंकको शेयरमूल्य यस दिन ६।६७ प्रतिशत, गुडविल फाइनान्सको ५.९७ प्रतिशत, लक्ष्मी बैंकको ५.९३ प्रतिशत, सिद्धार्थ बैंकको ५.५७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.१७ प्रतिशत बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने ३.७८ प्रतिशत घटेको छ।