नेप्सेमा उच्च अंकको वृद्धि

363
  •  
  •  
  •  


काठमाडौं । कारोबारको पहिला दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । नेप्से ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलब ७४ विन्दुमा पुगेको हो ।

त्यस्तै, कारोबार रकममा पनि सुधार आएको छ । ९ अर्ब ६७ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ६ अर्ब ६६ करोड ९७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा मध्यभोटेकोशी जलविद्युत कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३६ करोड ४३ लाख भन्दा बढीको कारोबार भएको छ ।


  •  
  •  
  •