सेयरबजारमा सुधार

58
  •  
  •  
  •  


काठमाडौं । सेयरबजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक १.८० अंकले बढेर २७ सय ३४ दशमलव ९१ विन्दुमा रोकिएको हो।
क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव २८ अंकले घटेको छ।

बुधबारको कारोबारमा २२७ कम्पनी सामेल भए। नेपाल स्टक एक्सचेन्जका अनुसार ती कम्पनीको ७४ लाख ४५ हजार कित्ता सेयर बिक्री भए।
दिनभरिमा ५४ हजार ७ सय ३ पटकको खरिदबिक्रीमा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो।

आज १३ मध्ये तीनवटा उपसूचक ओरालो लागेका छन्। वाणिज्य बैंक, व्यापार र जीवन बीमा सूचक रातो भए पनि अन्य सूचक हरियो छन्।

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागे पनि अन्य कम्पनीको उल्लेख्य दरमा बढेका छैनन्।

त्यसो त आज लगानीकर्ताहरुले पनि थोरै दरमा गुमाएका छन्। उनीहरुले आजको कारोबारमा २.५५ प्रतिशतसम्म गुमाएका हुन्।


  •  
  •  
  •