घट्यो सेयर बजार

87
  •  
  •  
  •  


काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार बजार परिसूचक नेप्से घटेको छ । नेप्से बिहीबार १४ दशमलव सात अङ्कले घटेर दुई हजार पाँच सय ५६ दशमलव ९५ विन्दुमा झरेको छ । आज म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

उत्पादन, व्यापार, जलविद्युत् र विकास बैङ्क समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय १६ वटा कम्पनीका ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

जोशी हाइड्रो र गुडवील फाइनान्स शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।


  •  
  •  
  •