सेयर बजारमा हरियाली, सवा १५ अर्बको कारोबार

72
  •  
  •  
  •  

काठमाडौं । सेयर बजारमा मंगलबार फेरि हरियाली छाएको छ। मंगलबार नेप्से परिसूचकले सबैभन्दा उच्च विन्दुको कीर्तिमान बनाएको हो । सूचकसँगै कारोबार रकम पनि आज बढेको छ। आइतबार र सोमबार सवा १४ अर्ब रुपैयाँ रहेको कारोबार रकम मंगलबार भने सवा १५ अर्ब रुपैयाँ पुगेको हो।  बजार सूचक र कारोबार रकम दुवैलाई उचाल्नमा उत्पादन, जीवन बीमा र जलविद्युत समूहमा आएको उछाल महत्त्वपूर्ण रह्यो।

नियमित कारोबारको सुरुआती समयमा घटेर २९९९ अंकसम्म झरेको कारोबार सूचक नेप्से केही समयपछि सम्हालिँदै एक समय ३०८६ अंकसम्म पुगेको थियो। तर बजार बन्द हुँदा भने यो ३०७९ विन्दुमा पुगेर अडिएको हो।

बजार बन्द हुँदाको सूचक मात्र नभएर एकै दिनको उतारचढावमा कायम भएको ३०८६ विन्दु पनि अहिलेसम्मकै उच्च हो। यसअघि कारोबार अवधिको उच्चतम सूचक ३०६५ थियो।


  •  
  •  
  •