सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै हो : देउवा

288
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै भएको बताएका छन् ।

संविधान संशोधन विधेयेकको दफावार छलफलमा सभापति देउवाले बोल्दै अङ्ग्रेज र चीनका डकुमेन्टमा पनि काली नदीको पूर्वको लिम्पियाधुरा, लिपुलेक कालापानीलगायतका भूमि नेपालकै रहेको देखिएको बताए ।

यो राष्ट्रिय मुद्दा भएकोले आफ्नो दलको पूर्णरुपमा समर्थन गरेको उनले बताए । यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि फैलिएको उनको भनाइ छ ।


  •  
  •  
  •