प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण ब्रिटेन

98
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक तेस्रो साता ब्रिटेन भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्गोमा हुने जयवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । वर्ल्ड लिडर समिट नोभेम्बर १–२ मा स्टकल्याण्डको ग्लास्गोमा हुनेछ ।
प्रधानमन्त्रीका रुपमा देउवाको पहिलो विदेश भ्रमण हुनेछ । देउवा २९ असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

 

 


  •  
  •  
  •