दोहोरो अंकले बढ्यो नेप्से

45
  •  
  •  
  •  


काठमाडौं । शेयर बजारले बुधबार पनि अल टाइम हाइ रेकर्ड कायम गरेको छ। बुधबार नेप्से सूचकले १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाएको हो। बुधबार झण्डै ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २०७ वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

बुधबार फाइनान्स र उत्पादनमूलक उपसमूहको सूचक उच्च दरले बढेको छ। लगानीकर्ताले बैंकिङ छोडेर उत्पादनमुलक र फाइनान्स कम्पनीहरुको शेयर खरिद बढाएको देखिन्छ। यस्तै, माइक्रोफाइनान्स उपसमूहमा पनि लगानीकर्ताको आकर्षण बढेको छ। बुधबार बैंकिङ उपसमूहको सूचक भने ०.१८ प्रतिशतले घटेको छ।


  •  
  •  
  •