सेयर बजारमा सामान्य गिरावट

55
  •  
  •  
  •  

काठमाडौं । कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य घटेको छ । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा पुगेको छ।

बिहीबार कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्बभन्दा माथि कारोबार भएको सेयर बजारमा बिहीबार ३ अर्ब ७६ करोड ९७ लाख रुपैयाँको मात्र कारोबार भयो। बिहीबार २३३ कम्पनीको ७४ लाख ६८ हजार ५७५ कित्ता सेयर किनबेच भएका छन्।


  •  
  •  
  •