शेयर बजारमा गिरावट, चार अर्ब १६ करोड रुपैयाँको कारोबार

62
  •  
  •  
  •  

काठमाडौं । शेयर बजार परिसूचक नेप्से मङ्गलबार दोहोरो अङ्कले घटेको छ । नेप्से ३२ दशमलव २९ अङ्कले घटेर दुई हजार सात सय ३३ दशमलव १४ विन्दुमा झरेको छ । अन्यबाहेक सबै समूहको शेयर घट्दा होटल, विकास बैंक, उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४८ हजार कित्ता शेयर चार अर्ब १६ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ४१ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आईसीएफसी फाइनान्स, नारायणी विकास बैंक र एनआईबीएल प्रगति फन्डको शेयर पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।


  •  
  •  
  •