मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगका काम पूरा हुन नसक्नु खेदजनक: डा.भट्टराई

62
  •  
  •  
  •  

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम पूरा हुन नसक्नु खेदजनक रहेको बताएका छन् ।

वृहद शान्ति–सम्झौता भएको १४ वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति–सम्झौता भएको (२०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक ।’

डा. भट्टराईले नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइॅचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक, सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह, आन्दोलन, जनजाति आन्दोलन, थरूहट, थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here