बच्चा बोक्ने पिठ्युँमा आज मैले किताब बोके : पूर्वसभासद चौधरीको स्कूल यात्रा

301
  •  
  •  
  •  

shanta chaudhary at schoolकाठमाडौ, २७ जेठ(ओएनएस) : सानोमा विद्यालय जाने ठूलो रहर थियो, तर, जन्मिदारको घरमा काम गर्न बसेकी उनले विद्यालयको झ्यालबाट कहिलेकाँही चिहाउने बाहेक अन्य केही गर्न सकिनन् । उनमा पढ्ने इच्छा भने कहिल्यै घटेन । विद्यालय जान नपाउँदा पनि कक्षाकोठाको बाहिरबाट सुनेका कविता मनमनै वाचन गर्ने र आफूले बोकेका जमिन्दारका बच्चाबच्चीहरूलाई लोहरी सुनाउने गर्थिन् ।

तर, पढ्ने चाहनालाई उमेरले छेक्दैन भनेझै उनी विद्यालय जान थालेकी छिन् । यसरी आफ्नो चाहनालाई ढल्किँदो उमेरमा पूरा गर्ने महिला हुन् नेकपा एमालेबाट समानुपातिकबाट सभासद बनेकी शान्ता चौधरी । उनी पूर्व कम्लहरी समेत हुन् । ३५ वर्षको उमेरमा विद्यालय जान थालेकी शान्ता निकै खुसी छिन ।

सामाजिक सञ्जाल फेसबुकमा विद्यालयका तस्विर पोष्ट गर्दै गर्दै उनले विद्यालय जान थालेको दिनलाई आफ्नो जीवनको सबैभन्दा खुसी भएको क्षण भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत विद्यालय जान थालेको खुसीलाई यसरी व्यक्त गरेकी छिन् ।

shanta chaudhary at school5

चौधरीका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा पढ्छन् भने उनी कक्षा ८ मा भर्ना भएकी छिन् । उनले कम्लहरीदेखी सभासद्सम्म भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी थिइन् ।

हेरौ शान्ताका विद्यालय जान थालेका केही तस्विरहरू…

shanta chaudhary at school4 shanta chaudhary at school3 shanta chaudhary at school1 shanta chaudhary at school2


  •  
  •  
  •