‘महिला हिंसाका बारेमा पुरुषलाई सचेत गराऔँ’

सन्दर्भ: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
1011
  •  
  •  
  •  

महिलाविरुद्ध हुने हिंसामा अहिलेपनि हामी कमजोर छौं । अहिलेसम्म धेरै ठूला परिवर्तन आए । तर महिलाका जीवनमा जति परिवर्तन आउनुपर्ने हो, त्यति परिवर्तन आएको अनुभुति गर्न पाएका छैनौँ ।

केहि पनि भएको छैन भनेर भन्दिन । विगतको तुलनामा हेर्दा महिलाहरुले फड्को मारेका  छन् । महिलाहरुले जुन गतिमा आफुलाई अगाडी बढाएका छन् । विगतको तुलनामा धेरै राम्रो छ । तर जति हुन पर्ने हो त्यति हुन सकेको छैन् ।

महिलामाथि हुने हिंसा चेतनाको कमिको कारणले पनि हो । मैले संसदमा पनि उठाउने गर्छु । हामीले विद्यार्थीहरुलाई स्कूलमा पाठ्यक्रमका सामग्रीहरुमा कानूनका विषयलाई राखाैँ भनेर ।जसले गर्दा महिला हिंसा, सामान्य कुराहरु हामीले यो गर्दा यो दण्ड सजाय पाउन सक्छौँ । यो कानूनमा यस्तो रहेछ । कानून अनुसार सजायको भागिदारी हुन्छ भन्ने खालको ज्ञान जाग्थ्यो ।कतिपय कानूनका कुराहरु पाठ्य सामग्रीमा राख्नुपर्छ ।

हामीले महिलालाई महिलाका विषयमा सचेत बनायौं । जनचेतना जगायौं । महिला अधिकारका विषयमा लड्ने कुराहरु, महिला अधिकारका लागि आवाज उठाउने कुराहरुमा महिलालाई सचेत गरायौं । त्यहि कुरा पुरुषलाई बनाउन सकेनौं । जबसम्म हामी पुरुषलाई सचेत बनाउन सक्दैनौ । जसरी महिलाई हामीले सचेत बनाउन सक्यौं । त्यसरी नै पुरुषलाई सचेत बनाउन सक्यौँ भने मात्रै  महिला हिंसामा कमि आउँछ ।

अहिले सम्पत्ति माथिको अधिकार जुन छ । महिलामाथि हुने धेरै खालका धेरै प्रकृतिका हिंसाहरु, जस्तो बोक्सिप्रथा, दाइजो प्रथा जस्ता विभिन्न खालका प्रथाहरु छ । सम्पत्तिमाथि महिलाका अधिकार, पहुँच नभएका कारणले गर्दा महिलाहरु हिंसाको सिकार हुनु परेको हामीले विभिन्न ठाउँहरुमा अध्ययन गर्दा, वा घटनाहरु हेर्दा पुष्टि भएको छ । त्यसले महिलामाथि हुने हिंसालाई अन्त्य गर्न सम्पत्तिमाथि महिलाहरुको अधिकार सुनिश्चितता गर्न सके यस्ता खालका हिंसाहरु कम गर्न सक्छौं ।

अर्को सरकार वा राजनीतिक दलमा महिलाहरुको पहुँच छ । चाहे त्यो राजनीतिक क्षेत्रमा होस्, चाहे  सामाजिक क्षेत्रमा किन नहोस् । कार्यापालिका, न्यायापालिका, व्यवस्थापीका हरेक तहबाट महिलाहरुको प्रतिनिधित्व हुँदाको मात्र होइन कि उचित खालको गर्व गर्ने खालको सहभागिता भइदियो भने महिलामाथि हिंसाका विषय उठान हुनेथियो ।
हरेक ठाउँमा महिलाकाे सहभागिता भयो भने महिलाहरुले गर्ने गतिविधि र क्रियाकलाप संक्रिय हुन्छ । महिलाहको हरेक ठाउँमा पहूँच भयो भने आत्मबल बलियो र आपराधिहरुको आत्मबल कमजोर हुने खालको परिस्थिति सिर्जना हुन्छ ।

म आफ्नै कुरा गर्ने हो भने म धेरै अन्याय र शोषणको शिकार बनेर यो ठाउँमा पुगेको छु ।
हामिले अहिले पनि न्युज फोरम जस्तो एउटा सामान्य टिम बनेको बनाएका छाै‌ँ । त्यसले महिलामाथि हुने हिंसाका विषयमा देश विदेशका घटनाहरुको पनि अध्ययन गरिरहेको छ ।बलात्कारीलाई कस्तो खालको सजाय दिने भनेर हामीले बहसको विषय अगाडी सारेका छौं । हामिले गर्ने काम, जनप्रतिनिधिले गर्नुपर्ने काम गरिराखेका छौं ।

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीसँग ओएनएस न्यूज डटकमले गरेको कुराकानीको सम्पादित अंश)


  •  
  •  
  •