सिक्टा सिँचाइ छानविन प्रतिवेदन : कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

400
  •  
  •  
  •  

काठमाडौं, २९ असाेज :  सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको छ।

मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए ।

यस्तै नहर निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सन कम्पनीको काम पनि गुणस्तरयुक्त देखिएको छैन ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको छानबिन समिति यी दुवै पक्षबारे जानकारी भए पनि सबैलाई बचाउने गरी प्रतिवेदन तयार पारिएको हो ।

मन्त्रालयले गत साउन २३ मा सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा विज्ञसहितको पाँच सदस्यीय टोली गठन गरेको थियो। टोलीले गत शुक्रबार मन्त्री वर्षमान पुनलाई बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। नागरिक दैनिकमा खबर छ।


  •  
  •  
  •