छोरा अबरामसँगै मैदान परिक्रमा गरेर शाहरूखले मनाए जितको खुसी…(तस्वीरसहित)

306
  •  
  •  
  •  

shahrukh-khan-son-abramकाठमाडौ, २६ चैत(एजेन्सी) : इण्डियन प्रिमियर लिग(आईपिएल)को आठौ संस्करणको पहिलो खेल कोलकाता नाइट राइडर्स(केकेआर) ले मुम्बई इण्डियन्डसलाई ७ विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको छ ।

shahrukh-khan-son-abram3कप्तान गौतम गम्भिर र सुर्यकुमार यादवको विस्फोटक ब्याटिङको मद्धतले मुम्बई इण्डियन्सले दिएको १ सय ६९ रनको विजय लक्ष्य ९ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा भेट्टाएको थियो । उक्त खेलमा गौतम गम्भिरले ४३ बलमा ५७ रन र सूर्यकुमार यादवले २० बलमा ४२ रन जोडेपछि केकेआर ९ बल बाँकी रहँदै विजय हासिल गर्न सफल भयो ।

shahrukh-khan-son-abram1मुम्बईका लागि कप्तान रोहित शर्माले ९८ रनको अविजित पारी खेलेका थिए भने कोरी एण्डरसनले ५५ रन जोडेका थिए ।

shahrukh-khan-son-abram2केकेआरको खेल हेर्नका लागि इडन गार्डेनमा नायक शाहरूख खानका सानो छोरा अबरामका साथमा आएका थिए । खेलमा विजय हासिल गरेपछि टोलीसँगै शाहरूख खान र उनका छोरा अबराम पनि खेलाडीहरूसँग मैदान घुमेका थिए‍ । मैदानको चक्कर लगाएपछि अबराम केही बेरका लागि जुही चावलाको काखमा देखिएका थिए । यस्तै, कप्तान गौतम गम्भिरपनि अबरामलाई देखेर हासिरहेका थिए ।


  •  
  •  
  •