चलचित्र उद्योगमा कलाकारहरूलाई आफ्नो भूमिकालाई जीवन्त बनाउनका लागि निकै धेरै मेहेनत गर्नुपर्छ । कलाकारले आफ्नो अभिनयलाई जीवन्त बनाउनका लागि आफ्नो रूप, शरिरको बनोटका साथै कपाल समेत परिवर्तन गर्नुपर्ने हुन्छ ।
निर्माता निर्देशकले कलाकारलाई कहिले कस्तो भूमिका त कहिले कस्तो भूमिका दिने गर्छन् र सोही अनुसार उनीहरूको कपाल पनि त्यस्तै नै फरक-फरक स्टाइलको हुने गर्छ । कहिलेकाँही त कलाकारको टाउकोमा कत्ति पनि कपाल नभएको देखाउने समेत गर्छन् निर्माता निर्देशक ।
यस्तै, कपाल नभएको भूमिकामा देखिन थालेका छन्, बलिउडका सुपरस्टार शाहरूख खान । यी दिनहरूमा उनलाई अलग-अलग हेयर स्टाइलमा देखिन थालेको छ । उनी चलचित्र ‘रा वन’मा घुम्रिएको कपालमा देखिएका थिए भने चलचित्र ‘वीर जारा’मा सेतो कपालमा देखिएका थिए ।
शाहरूख आफ्नो हेयर स्टाइल परिवर्तन गर्नका लागि विग प्रयोग गर्छन् । केही तस्विरमा उनलाई चिन्न समेत गाह्रो हुन्छ भने केही तस्विरमा उनलाई निकै राम्रो देखिएको छ ।
विज्ञापनका लागि उनी तालुखुइले पनि भएका थिए । उनले यो सबै विगको सहायताले गरेका थिए ।
अहिले शाहरूख खान आफ्नो चलचित्र ‘रईस’को शुटिङमा व्यस्त थिए । उनको हातमा दुईवटा अन्य चलचित्रहरू ‘दिलवाले’ र ‘फ्यान’पनि छन्, यी दुवै चलचित्रको शुटिङ सकिइसकेको छ । यी दुईमध्ये दिलवाले मात्र यो वर्ष सार्वजनिक हुनेछ । यसमा उनी र काजोलको जोडीलाई देख्न सकिन्छ ।