केकेआरका मालिक शाहरूखले किने अर्को क्रिकेट क्लब

211
  •  
  •  
  •  

shahrukh-khanकाठमाडौ, २७ जेठ(एजेन्सी) : आईएपिएलको टोली कोलकाता नाइट राइडर्स(केकेआर)का मालिक तथा बलिउडका सुपरस्टार शाहरूख खानले पुनः अर्को क्रिकेट टोली किनेका छन् । उनले क्यारेबियाली क्रिकेट टोली ट्रिडिनाड एण्ड टोबागो(टिएण्डटी) किनेका हुन् ।

शाहरूखले विश्वमा आफ्नो व्यापार बढाउन चाहेको बताएका छन् । उनले भने, ‘म विश्वमा आफ्नो व्यापार बढाउन चाहन्छु । टिएण्डटी टोली किन्नु यसै दिशामा बढाइएको एउटा कदम हो । यसमार्फत क्रिकेटको विश्वमा हामी पनि छाउन चाहन्छौ ।’

बलिउड सुपरस्टार शाहरूख मात्र होइन सीपीएल टोलीको मालिकमा हलिउड स्टार मार्क वालबर्ग र गेरार्ड बटलर पनि रहेका छन् । वालबर्गले ‘बारबारडोस ट्राईडेट्स’ टोली किनेका छन् भने बटलरले ‘जमैका टेलावाह’ किनेका छन् । सीपीएलको तेस्रो संस्करण २० जूनदेखी २६ जुलाईसम्म हुनेछ ।

एक पत्रिकाका अनुसार शाहरूख खानको कम्पनी रेड चिल्लिज इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडले क्यारेबियाली टोली किनेका छन्, जसमा केकेआरका अन्य मालिक जुही चावला र उनका पति जय मेहताको पनि लगानी रहेको छ । यससँगै शाहरूख आईपिएल टोलीका यस्ता मालिक भएका छन्, जसले अर्को देशको क्रिकेट टोली किनेका छन् ।

केकेआरका चीफ एक्जिक्युटिभ वेकी मेसुरले भने, ‘आईपिएलमा सफलताले हामीलाई हौसला दिएको छ की हामी बाहिरको टोली पनि किन्न सक्छौ । यही सोच हामीले सीपीएलमा पनि सफलता दिलाउनेछ ।’ ट्रिडिनाड एण्ड टोबाकोमा करिब १.३ मिलियन जनसंख्या रहेको छ, जसमा ३८ प्रतिशत भारतीय रहेका छन् । यस कारण शाहरूखले यो टोली किन्ने विचार बनाउन हुन सक्ने अनुमान गरिएको छ ।

टिएण्डटी टोलीमा ड्वेन ब्राभो, ड्यारेन व्राभो, स्यामुअल बद्री र केवन कूपर जस्ता खेलाडी रहेका छन् । यस्तै, कमरान अकमल, जोहान बोथा र केकेआर र दक्षिण अफ्रिकाका अल राउन्डर ज्याक कालिस पनि टोलीमा रहेका छन् ।


  •  
  •  
  •