सलमानकी बहिनीको संगीत सेरेमनीमा भाग लिन पुगे शाहरूख

278
  •  
  •  
  •  

shahrukh-salman1आइतबार राती बलिउड स्टार सलमान खानकी बहिनी अर्पिताको संगीत सेरेमनी मनाइएको छ । यसमा रमाईलो कुरा के छ भने बलिउड स्टार शाहरूख खान पनि अर्पितालाई शुभकामना दिनका लागि कार्यक्रम स्थलमा पुगेका थिए ।

सलमान खानले बहिनीज्वाई तथा चलचित्र निर्देशक अतुल अग्निहोत्रीले शाहरूख खान र सलमान खानका साथ अर्पिताको एक तस्विर ट्विट गरेका छन् । यस तस्विरमा दुवै स्टारहरू अर्पिताको निधारमा किस गरिरहेको देखिएको छ । मंगलबार अर्पिता हैदरावादको फलकनुमा प्यालेसमा आफ्नो लामो समयदेखीका प्रेमी आयुषसँग विवाह हुनेछ ।

shahrukh-salman


  •  
  •  
  •