पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीसँग आजै भेट हुने

टुँडिखेलमा ‘गार्ड अफ अनर’ दिइने
230
  •  
  •  
  •  

काठमाडौं, २१ फागुन (ओएनएस) : पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउँदै छन्।

३ फागुनमा प्रधानमन्त्री बनेका केपी शर्मालाई औपचारिक रुपमा बधाइ दिन उनी विशेष विमानमार्फत ३२ सदस्यीय टोलीसहित अब्बासी अपराह्न ३ बजे काठमाडौं अवतरण हुन लागेका हुन्।
अब्बासी नेपालमा १९ घन्टा रहनेछन् ।

अब्बासीलाई नेपाली सेनाको टुुकडीले टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ।

यसअघि, त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा गार्ड अफ अनर दिइने गरिएकोमा अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ। अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना बन्नेछन्।

अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने सरकारले निर्णय गरेको छ ।
उनी होटल हायात बस्नेछन्। अब्बासीले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

अब्बासीको दुई दिने नेपाल भ्रमणको मुख्य उद्देश्य सार्क शिखर सम्मेलन भएको बुझाइ छ।

पाकिस्तानको राजधानी इस्लामावादमा सन् २०१८ नोभेम्बर ९ र १० गतेका लागि १० औँ सार्क शिखर सम्मेलन गर्ने मिति तय भएको थियो । भारत र पाकिस्तानबीच उरी विवादले उग्ररुप लिएपछि सार्क सम्मेलन हुन सकेन । भारतसहित बंगलादेश, अफगानिस्तान र भुटानले पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि १९ औँ सार्क शिखर सम्मेलन अनिश्चित छ ।


  •  
  •  
  •