शाहिद र मीराले जुन १० मा लगनगाँठो कस्ने

156
  •  
  •  
  •  

mira-shahidकाठमाडौ/चैत(एजेन्सी) : शाहिद कपूर र दिल्ली बस्दै आएकी मीरा राजपूतको विवाहको समाचारले बलिउड उद्योगमा निकै चर्चा पाएको छ ।

कहिले मीरा सामाजिक सञ्जालबाट हराउनु, कहिले शाहिद कपूरका पिता पंकज कपूरद्धारा मीराको घरपरिवारसँग भेट्नुले निकै चर्चा पाएको थियो । बलिउडको यो नयाँ जोडीका बारेमा हालै प्राप्त जानकारीका कारण पनि यी दुईको चर्चा निकै बढेको छ । भारतीय सञ्चारमाध्मयहरूका अनुसार यी दुईबीच आगामी डिसेम्बरमा विवाह हुने बताइएपनि उनीहरूको विवाह आगामी जुनमा नै हुने सम्भावना रहेको छ ।

‘मिड डे’मा प्रकाशित समाचारका अनुसार शाहिद कपूर र मीरा राजपुतको परिवारले विवाहको मिति पनि तय भई सकेको छ । शाहिद र मीरा १० जुनमा विवाहको बन्धनमा बाँधिने भएका छन् भने विवाहको तयारी भइरहेको छ ।

शाहिदले योभन्दा पहिले पनि विवाहको कुरा स्वीकार गरेका थिए । शाहिदले भनेका थिए, ‘टिकाटालाको कुरा गलत हो तर यो वर्षको अन्त्यतिर विवाहको कुरा सुन्नुभएको छ त्यो केही हिसाबले सत्य हो ।’

विवाहका क्रममा शाहिद र मीराका परिवार र नजिकका साथीहरूमात्र उपस्थित हुनेछन् । विवाहको पार्टीमा भने बलिउडका कलाकारहरु र अन्य साथीहरुको पनि उपस्थिति हुनेछ ।


  •  
  •  
  •