मीरा राजपूत शाहिद कपूरकी पत्नी, चाँडै विवाह गर्दै

348
  •  
  •  
  •  

Shahid-Kapoorकाठमाडौ/ चैत(एजेन्सी) : बलिउडका नायक शाहिद कपूरले दिल्लीमा बस्दै आएकी मीरा राजपूतसँग विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार शाहिद कपूरले गोप्य रूपमा मीरासँग टिकाटाला  गरेका छन् । मीरा अहिले मुम्बईमा नै रहेको र शाहिदले उनलाई फोटोग्राफरहरूबाट जोगाइरहेको बताइएको छ ।

बलिउडसँग जोडिएको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयले शाहिदका पिता पंकज कपूर केही समयअघि दिल्लीको छतरपुर फार्महाउसमा मीराको परिवारसँग भेट्न पुगेका थिए ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मीरा र शाहिदको भेट एक आध्यात्मिक गुरूमार्फत भएको थियो । दुवै एक अर्काको यति नजिक भएकी शाहिद मीराकी दिदी आमा बन्दा बधाई दिन समेत पुगेका थिए ।

स्रोतका अनुसार शाहिद मीरालाई निकै चिन्तित छन् र उनी चाँडै विवाह गर्ने योजना समेत बनाइरहेका छन् । उनी आफ्नो सम्बन्धबारे सञ्चारमाध्यमबाट टाढा राख्न चाहेको भारतीय सञ्चारमाध्मयले जनाएका छन् । उनले केही समयअघि कफी विथ करणमा आफूले बलिउडबाट बाहिर रहेकी युवतीसँग विवाह गर्न चाहेको बताएका थिए ।


  •  
  •  
  •