शाहरूख र दीपिकाको ‘ह्याप्पी न्यु इयर’ धमाका…हेरौ भिडियोमा

107
  •  
  •  
  •  

happy new year trailerकाठमाडौ, ३० साउन(एजेन्सी) : शाहरूख खान र दीपिका पादुकोनेको नयाँ चलचित्र ‘ह्याप्पी न्यु इयर’को ट्रेलर सार्वजनिक गरिएको छ । फराह खानद्धारा निर्देशित उक्त चलचित्रमा शाहरूख र दीपिकाको साथमा अभिषेक बच्चन, सोनु सूद, बोमन इरानी र विवान शाह मुख्य भूमिका रहेको छ । चलचित्रको ट्रेलर ३ मिनेट १२ सेकेण्डको भिडियोमा चलचित्रको विषयमा थोरै जानकारी पाउन सकिन्छ ।

चलचित्र एक नृत्य प्रतियोगिता र ६ जना हरूवाहरूको कथामा आधारित रहेको बुझिन्छ । ती हरूवाहरूले प्रतियोगितामा भाग लिनुको साटो के गर्छन्, त्यो समेत बुझाउन खोजिएको छ । चलचित्र हास्य, एक्सन, ड्रामामा आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।


  •  
  •  
  •