काठमाडौ, १२ भदौ(एजेन्सी) : शाहरूख खान अपराधीहरूमाथि नजर राख्ने अन्तराष्ट्रिय आपराधिक प्रहरी संस्था इन्टरपोलसँग जोडिएका छन् । अपराध रोक्नका लागि सम्पूर्ण जनतालाई जागरूक बनाउनका लागि इन्टरपोलले शाहरूख खानलाई आफ्नो ब्राण्ड एम्बास्डर बनाएको छ । इन्टरपोलको अभियान ‘टर्न ब्याक क्राइम’ अभियानको लागि यो सम्मान पाउने शाहरूख पहिलो भारतीय हुन् ।
अभियानमार्फत इन्टरपोलले मानिसहरूलाई सुनियोजित अपराधको सम्बन्ध सामान्य अपराधसँग पनि हुन्छ भन्ने जानकारी दिनु हो । कुनै मानिसले कसरी अपराध रोक्नका लागि मद्धत गर्न सक्छ भन्ने जानाकारी समेत उक्त अभियानले दिने बताइएको छ । इन्टरपोलले आफ्नो फेसबुक पेजमा लेखेको छ की मानिसमा जागरूकता ल्याउनका लगि खानलाई आफूसँग जोडिएको हो ।
शाहरूखले इन्टरपोलको साथ जोडिनु उनका लागि सम्मानको विषय हो । शाहरूखले एक ट्विट गरेर इन्टरपोलका सेक्रेटरी जनरल रोनाल्ड के नोबलप्रति आभार व्यक्त गरेका छन् ।