मलेसियामा शाहको बोल्दा बोल्दै गयो ज्यान

150
  •  
  •  
  •  

malaysiaक्वालालाम्पुर, २२ पुस(ओएनएस) : मलेसियाको सेलेग्गरमा काम गर्दै आएका झापा विर्तामोडका पञ्कज शाहको सोमबार साँझ उपचारको क्रममा निधन भएको छ । आइतबार अचानक बेहोस भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

शाहसँगै काम गर्ने इश्वरी उपाध्यायका अनुसार उनलाई केलांगस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपाध्यायका अनुसार मलेसियास्थित नेपाली दुतावासलाई जानकारी गराइएको र शव चाँडो भन्दा चाँडो नेपाल पठाउने तयारी भइरहेको छ ।

मृतक शाह २ वर्षअघि मलेसियाको केलांग स्थित मेडिप्रो कम्पनीका कार्यरत थिए । मृतक शाहको शवलाई केलांग अस्पतालमा राखिएको उपाध्ययले जानकारी दिएका छन् ।

उनको मृत्युको कारणबारे चिकित्सकले केही जानकारी दिएका छैन् । साथीहरूसँग कुरा गरिरहँदा उनी अकस्मात बेहोस भएका थिए ।


  •  
  •  
  •