प्रस्तावित प्रधानन्यायाधीश साहको सुनुवाई भोली हुने

77
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) संसदीय सुनुवाई विशेष समिलिते प्रस्तावित प्रधानन्यायाधीश रामप्रसाद साहको सुनुवाई भोली गर्ने भएको छ । सुनुवाई विशेष समितिलको सोमवार बसेको बैठकले साहको सुनुवाई मंगलवार गर्ने निर्णय गरेको हो । यसअघि गत शुक्रवार साहको सुनुवाईको मिति तोकिएको थियो । तर, पूर्वमन्त्री सिद्धराज ओझाको निधनका कारण सुनुवाइ स्थगित भएको थियो

शाहका विरुद्धमा जम्मा दुई वटा सामान्य उजुरी परेका छन् । वर्तमान प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले असोज २३ गते उमेर हदका कारण अनिवार्य अवकास पाउँदैछन् । । गएको भदौ २७ गते संवैधानिक परिषद्ले साहलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

तर प्रधानन्यायाधीशमा सिफारिस भएका शाह नियुक्त हुनु भएपनि उमेर हदवन्दीका कारण आठ महिना मात्रै नेतृत्व गर्नुहुनेछ । अन्तरिम संविधानले नै संवैधानिक पदमा सिफारिस भएका व्यक्ति तथा राजदुतको नियुक्तिअघि अनियवार्य संसदिय सुनुवाई गर्नुपर्ने प्रावधान छ ।


  •  
  •  
  •