निर्माण शुरु भएको ११ वर्ष पछि गरियो सेजको उद्दघाटन

198
  •  
  •  
  •  

रुपन्देही, २ मंसिर(ओएनएस) :  रुपन्देहीको भैरहवास्थित नेपालकै पहिलो आर्थिक क्षेत्र (सेज)को उद्दघाटन गरिएको छ । मंगलवार एक कार्यक्रमविच उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश वस्नतेले संयुक्त रुपमा उक्त सेजको उद्घाटन गरे ।

अब चाडै आवश्यक ऐन  ल्याएर सेज सञ्चालनमा ल्याइने उपप्रधान तथा गृहमन्त्री गौतमले बताए । उनले आवश्यक ऐन बनाएर चाडै सञ्चालनमा ल्याइने जानकारी दिए ।

सो अवसरमा उद्योगमन्त्री महेश बस्नेतले विद्यमान निर्देशिकालाई आधार बनाएर सेज सञ्चालन गरिने बताए ।निर्देशिकामा ऐन अनुसार सेवा, सुविधा तथा सहुलियत दिने प्रावधान राखेर सेज सञ्चालनमा ल्याइने उनले बताए । ‘अब लगानीका लागि तयारी उद्योगीहरु तयारी अवस्थामा रहनुहोस’ उनले भने ।

कार्यक्रममा नेपाल चेम्बर अफ कसर्मका पूर्व अध्यक्ष तथा सेज सञ्चालक विकास समितिका सदस्य महेश अग्रवालले भैरहवाको सेजमा १ सय उद्योग सञ्चालन गर्न सकिने बताए ।

सेजमा सञ्चालन गरिने उद्योगबाट  १५ हजारले रोजगारी पाउने, १० प्रतिशत निर्यात बढ्ने उनको दावी छ । साथै देशको कुलग्राहस्थ उत्पादनमा शून्यदमलव ५ प्रतिशत वृद्धि हुने उनी बताउँछन् । ५२ विगाहमा फैलिएको भैरहवा सेजमा ६८ ओटा प्लट रहेको छ । हालसम्म सरकारले भैरहवाको सेजमा ५४ करोड रुपैयाँ लगानी गरिसकेको बताइएको छ । निर्माण शुरु भएको करीब ११ वर्ष पछि उद्दघाटन गरिएको हो ।


  •  
  •  
  •