‘सबैभन्दा सेक्सी महिला’को उपाधि क्याट्रिनालाई

187
  •  
  •  
  •  

बलिउड अभिनेत्री क्याट्रिना कैफले ‘सबैभन्दा सेक्सी महिला’को उपाधि पाएकी छिन् । यसअघि सबैभन्दा सेक्सी मानिने हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई समेत उनले पछि पारेकी छिन् । नेसनल डेलीले आयोजना गरेको युवा सर्वेक्षणका क्रममा क्याट्रिनालाई ३७ प्रतिशत सहभागीले सबैभन्दा सेक्सी मानेका छन् ।

उनलाई केही समयअघि पनि एक म्यागजिनले सबैभन्दा सुन्दर महिलाको उपाधि दिएको थियो । यसै वर्ष उनलाई संसारको सबैभन्दा सेक्सी महिलाका रूपमा छनोटसमेत गरिएको छ । उनी बलिउडकी यस्ती अभिनेत्री हुन्, जसले कम समयमै यति धेरै विश्वचर्चित उपाधि पाइन् ।

भारतका आकर्षक व्यक्तित्वको सूचीमा पनि उनको नाम अगाडि छ । ट्रस्ट रिसर्च एड्भाइजरीले गरेको सर्भेक्षणअनुसार क्याट्रिना शाहरुख खान, अमिताभ बच्चन, महेन्द्रसिंह धोनी, आमिर खानजस्ता हस्तीसँगै छैटौँ नम्बरमा छिन् ।


  •  
  •  
  •