‘लैंगिक हिंसा अन्त्य गर्न सबैको प्रतिवद्धता आवश्यक’

सन्दर्भ: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान
115
  •  
  •  
  •  

शिक्षाको हिसाबले पछाडि परेको हाम्रो देश, भौगोलिक बनावटको हिसावले फरक–फरक अवस्था छ ।
स्रोत व्यवस्थापनमा सही योजना निर्माण गरि कार्यान्वयन नहुँदा रोजगारीको अभावका कारण गरिबीको संख्या धेरै रहेको हँदा समाज परिवर्तन सहज रुपमा हुन सकिरहेको छैन ।

जसको प्रत्यक्ष असर ग्रामीण तहमा रहेका गरिब, विपन्न महिला र पछाडि परेका समुदामा पर्न गएको छ । रोग, भोक, गरिवी र अशिक्षाको कारण समाजमा पछाडि पारिएका समुदाय र व्यक्ति यसबाट पीडित भइरहेका छन् ।

जन्मदैदेखि छोरा र छोरीमा गरिने विभेद हाम्रो समाजको महत्वपूर्ण हानिकार जड हो । सबै क्षेत्रको धेरै प्रयास पश्चात केही परिवर्तन देखिएको जस्तो भएता पनि यो समाजमा बसोबास गर्ने व्यक्ति, परिवारको मन सहज रुपमा परिवर्तन गर्न सकिरहेको छैन । २०४६ साल पश्चात विस्तारै महिला सहभागिता नीति नियम र कानूनको हिसाबले महिलामैत्री, हिंसा विरोधि नीति कार्यक्रम र कानून त बन्दै छ ।

धेरै ठाउँको नेतृत्व महिलाहरुले लिएको पनि छ । तर कुनै व्यक्ति स्वयम् अपराधबाट टाडा रहँदैन तबसम्म कानून एकातिर हुन्छ भने अपराधिक घटनाले निरन्तरता पाइराख्छ ।

ग्रामीणक्षेत्रमा त झनै महिलाहरुले आफ्ना घरमा खानापकाउने, खानाखुवाउने, बालबच्चाहरुको स्याहार गर्ने, भाँडा माझ्नेदेखि लिएर घरको अन्य सबै काम गरी प्राकृतिक स्रोत संरक्षणमा समेत समय दिनुपर्दछ ।

त्यसको साथै आफूले नसक्ने काम समेत जिम्मा लिई पूरा गर्नुपर्ने, पूरा गर्न नसकेमा घर परिवार र श्रीमानबाट कुटाइखानुपर्ने धेरै घटनाहरु छन् । महिलाहरुले घरायसी कार्य बोझका कारण सिक्ने सबै अवसरबाट वञ्चित भएका हुन्छन् ।

समाजमा हिंसा हुनुमा राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक चेतनाको अभाव नै प्रमुख कारण देखिन्छ ।

महिला हिंसाविरुद्वकाथुप्रै कानूनहरू बनेका छन् । महिला हिंसा कम गर्न महिलाप्रतिको शोषण, उत्पीडन, हिंसा, अत्याचार, दुव्र्यवहार अन्त्यका निमित्त थुप्रै कानुन बनेका छन् । सो नीतिलाई कार्यान्वयनमा ल्याइ महिला हिंसा अन्त्यको लागि नागरिक समाजसँगको सहकार्य आवश्यक छ ।

लैंगिक हिंसा अन्त्यका लागि चालिनुपर्ने आगामी कदम

१.लैंगिकमैत्री कानूनको कडा कार्यान्वयन
२.प्राकृतिक स्रोतलाई उत्पानसँग जोडि महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्नुपर्ने
३. अभियानकर्मी महिलाहरुको सुरक्षाको ग्यारेन्टी
४. महिलाहरुलाइ नेतृत्वमा ल्याउन सहयोग
५. महिलालाको कार्यलाई सम्मान
लैंगिक हिंसा अन्त्य गर्न सरकार समाज र समुदाय व्यक्ति, व्यक्ति मन मस्तिष्कले सकारात्मक कार्य गर्नुपर्दछ ।

(यो लेख गत वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा ओएनएसमा प्रकाशित भएको थियो ।)


  •  
  •  
  •