याैन उत्तेजक औषधि दिएर छात्रामाथि बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ

926
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : सुर्खेतकाे एक विद्यालयमा याैन उत्तेजक औषधि दिएर छात्रामाथि बलात्कारकाे प्रयास गर्ने शिक्षक लार्इ प्रहरीले पक्राउ गरेकाे छ।

 सुर्खेतको पञ्चपुरी नगरपालिका–१० स्थित जनज्योति निमाविका कक्षा ७ मा अध्ययनरत दुई जना छात्रालाई उत्तेजना बढाउने औषधिको प्रयोग गरी बलात्कार प्रयास गरेको उजुरी परेपछि प्रहरीले साेही विद्यालयका शिक्षक युवराज शर्मालाई पक्राउ गरेको हो।
 शिक्षक शर्माले उत्तेजना बढाउने औषधिलाई मिठाइ भनी छात्रालाई खान दिए पनि अाफूहरुले नखाएको पीडितले प्रहरीलाई बताएका छन्। पीडित छात्राको भनाइ उद्धृत गर्दै प्रहरी भने, ‘सरले चैत ३ को साँझ पाँच बजेतिर मिठाइ खाउ भनेर दिए पनि नखाएर दाइलाई देखायाैं।’
 प्रहरीसँगको वयानमा छात्राले शिक्षक शर्माले औषधि खायौ कि नाई भनेर पटक–पटक कोठामा आउँदै सोधेकाे बताइन्।
 प्रहरीले छात्राहरुकाे नाता पर्ने दार्इकाे सहराले याे घटनाकाे खुलासा भएकाे बताएकाे छ शिक्षक शर्माले औषधि दिएको स्वीकार गरेको प्रहरीले बताएको छ। शर्मा पक्राउ परेसँगै स्थानीयले कडा कारवाहीको माग गरेका छन्।
 घटनाको आवश्यक अनुसन्धान अघि बढाइएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

  •  
  •  
  •