होटल मालिकसहित यौनधन्दामा संलग्न छ पक्राउ

112
  •  
  •  
  •  

काठमाडौं, ५ भदौ (ओएनएस) : इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका–३ हस्पिटल चोकस्थित न्यु दीप होटलका मालिक र यौनधन्दामा संलग्न छ जनालाई पक्राउ गरेको छ । आज बिहान ४ बजे होटलमा छापा मारेर यौनधन्दामा संलग्न खरचुइया–५ सप्तरी र जनकपुर–९ की एक–एक युवतीलाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।

bangkokउनले भने,  ‘ती दुई युवतीसँग छुट्टाछुट्टै कोठामा यौनधन्दामा संलग्न रहेका सप्तरी मधेपुरा–६ का १९ वर्षीय दीपेन्द्र राम र सोही ठाउँका २३ वर्षीय मो. समदत हुँसैनलाई पनि पक्राउ गरेका छौं ।’

यस्तै यौनधन्दा सञ्चालन गराउने होटल मालिक शिवराम साह र होटलका कुकम्यान धनिराम साहलाई पनि पक्राउ गरिएको निरौलाले जानकारी दिनुभयो । सगरमाथा अञ्चलकै प्रमुख व्यापारीक बजार लहानमा अहिले यौनधन्दा फस्टाएको छ ।


  •  
  •  
  •