अश्लील भिडियो सार्वजनिक भएपछि लोरेन तनावमा

212
  •  
  •  
  •  

हलिउड स्टार लोरेनको अश्लील भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोले अहिले हलिउडमा सनसनी मच्चाइरहेको छ। यो हर्कतले किन पनि बढी चर्चा पाएको छ भने उक्त भिडियो लोरेनको पूर्वप्रेमी ज्याक म्याक्लिनसँगको हो। भिडियो सार्वजनिक भएपछि लोरेन निकै रिसाउनुका साथै तनावमा समेत रहेको एजेन्सीले जनाएको छ।

उक्त भिडियो हाल मोबाइल मोबाइलमा डाउनलोड गरिएको एजेन्सीले समाचारमा उल्लेख गरेको छ। आइतबार प्रकाशित द सनका अनुसार उक्त भिडियो ६ सेकेन्डको छ। जसमा २८ वर्षीया लोरेन र उनको पूर्वप्रेमीबीच अन्तरंग क्रियाकलापको भिडियो रेकर्ड छ। अखबारमा जनाइएअनुसार उक्त भिडियो लोरेनको पूर्वप्रेमीले गोप्यरूपमा आफ्नो मोबाइलबाट खिचेका थिए। बेड रुमको उक्त भिडियो उनीहरू एकै घरमा बसेको बखतमा खिचिएको समेत बताइएको छ।

लोरेनले आफ्नो व्यक्तिगत जीवनको गोप्यता सबैसामु भंग गर्नु खतरापूर्ण रहेको बताएकी छिन्। ‘मलाई थाहा छैन। यो भिडियो ज्याकले लिक गरे या अरू कसैले। जसले गरे पनि यो अति निन्दनीय कार्य हो।’ –लोरेनले भनेकी छिन्। उनीहरू गत डिसेम्बरयता अलग्गिएर बस्दै आएका छन्।


  •  
  •  
  •