बलिउडका कामुक पुरुषहरू

47
  •  
  •  
  •  

काठमाडौं २१ भदौ ।
तारिफकै कुरा गर्ने हो भने सुन्दर पुरुषभन्दा सुन्दरी महिलाले नै बढी तारिफ पाउने गर्छन्। तर पुरुषहरूमा पनि अचेल कोभन्दा को कम भन्ने भावना देखिन थालेको छ। पुरुषहरू पनि उत्तिकै हट हुन्छन् भन्न थालिएको छ। बलिउडमा यसको सुरुआत निकै पहिलेदेखि भएको हो। यस वर्ष पनि कुनकुन नायक सबैभन्दा बढी कामुक देखिएका छन् भन्ने लेखाजोखा भइसकेको छ।

यो लेखाजोखामा नायक सलमान खानले बाजी मारेका छन्। यस वर्षको सलमान सबैभन्दा बढी हट नायक ठहरिएका छन्। सलमानलाई बलिउडमा पाको र भर्सटाइल अभिनेताका रूपमा लिने गरिएको छ। उनको चार्म जहिले पनि सदाबहार रहेको मानिन्छ। बलिउडका चर्चित तीन खानमध्ये सलमान खान एक हुन् भने उनी अहिलेसम्म विभिन्न सुन्दरीसँगको अफेयरका कारण पनि चर्चामा रहने गरेका छन्। उनी अहिलेसम्म पनि एक अविवाहित चर्चित नायक हुन्।

नायक अक्षय कुमार पनि यो सूचीमा छन्। उनलाई बलिउडमा खिलाडी अफ बलिउड उपनामले समेत चिनिन्छ। उनलाई त्योभन्दा पहिले एक्सन हिरोका रूपमा लिने गरिन्छ भने उनीसँग पनि भर्सटाइल क्षमता भएको बलिउडका फिल्म समीक्षकहरू बताउने गर्दछन्। उनलाई जुनै बेला, जस्तोसुकै सिनेमामा खेल्न सक्ने हिरोको रूपमा लिइन्छ भने यस वर्षको सर्वाधिक हट नायकमध्ये दोस्रो नम्बरमा छन्।
अर्का नायक फराहन अख्तरलाई पनि हट नायकका रूपमा लिइएको छ। वर्षको हट नायकमध्ये उनी तेस्रो स्थानमा छन्। फराहन नायक मात्रै नभएर लेखक, निर्देशक र निर्मातासमेत हुन्। केही समय पर्दा पछाडि काम गरे पनि उनी पर्दामा आएको छोटो समयमै विभिन्न फिल्ममा लिड रोल गरेर चर्चामा आएका रहेका छन्। उनी जहिल्यै फ्यानलाई खुसी राख्न सक्ने नायकका रूपमा पनि चिनिन्छन्।
बलिउड नायक अर्जुन रामपाल भने खासै चर्चामा रहँदैनन्। तर उनी यस वर्षको हट नायकमध्ये एक बन्न सफल भएका छन्। यद्यपि उनले बलिउडमा छोडेको छापले उनलाई बेलाबेला सम्झाइरहने काम भने गरेको छ। उनको व्यक्तित्व अचम्मको रहेको मानिन्छ भने उनलाई भारतको सुपर मोडलका रूपमा लिने गरिएको छ।

नायक रणवीर कपूरलाई कपूर परिवारकै कुल व्यक्तिका रूपमा लिइन्छ। उनी जहिले पनि युवा देखिन्छन् भने आफ्नो स्टारडमलाई पनि थेगेर राखेका छन्। विशेष गरी युवा पुस्तामा रणवीरलाई कपूर परिवारको एक होनहार उत्तराधिकारीका रूपमा लिइन्छ। उनी पछिल्लो समयमा नायिका कट्रिना कैफसँगको सम्बन्धका कारण चर्चामा छन्। तिनै नायक रणवीर यस वर्षको सबैभन्दा हट नायकको सूचीमा पनि छन्।
जोन अब्राहमलाई हिन्दु नागरिकका रूपमा स्वीकार नगरिए पनि बलिउडमा यस वर्षका हट नायकहरूको सूचीमा राखिएको छ। उनी एक राम्रा अभिनेता त हुन् नै। त्यसको अलावा फेसन मोडलका रूपमा पनि उत्तिकै चर्चित छन्। पुरुषहरूका लागि विश्वमा रहेका थुप्रै कम्पनीका उनी ब्रान्ड एम्बेसडर पनि हुन्।

नायक शाहिद कपूरलाई बलिउडमा युवा एड्मिरेबल अभिनेताका रूपमा लिइन्छ। उनी वर्षमा ५ देखि १० फिल्मसम्म काम गर्ने गरेका छन्। उनलाई फिल्ममा प्यासोनेट नायकका रूपमा समेत लिने गरिएको छ। यस वर्षको हट नायकमध्येमा यी नायकको समेत सूचीमा नाम छ।
आमीर खानलाई उमेरका हिसाबले अब पाको नायकका रूपमा लिन थालिएको छ। तर पनि उनलाई अहिले पनि हट नायकका रूपमा लिइएको छ। बलिउडमा सिर्जना शक्ति भएका नायकमध्ये भने उनी अग्रस्थानमै छन्। उनी हालै एक फोटोमा आफूलाई सर्वा· प्रस्तुत गरेर पनि चर्चामा आएका थिए।

नायक शाहरूख खानलाई भने मेहनती नायकका रूपमा लिइन्छ। उनले खेलेका हरेक फिल्म सुपर हिट छन्। ख्याति र स्टारडमका हिसाबले उनलाई बलिउडले किङ खानका रूपमा चिन्ने गर्छ। त्यसैअनुसार उनले आफूलाई किङकै रूपमा प्रस्तुत गर्दै पनि आएका छन्। उनी विश्वकै दोस्रो धनी अभिनेताका रूपमा समेत चर्चामा आएका छन्। यी धनी नायक पनि यस वर्षको बलिउड हट नायकमध्येमा एक परेका छन्। नायक ऋतिक रोशनलाई पनि यस सूचीमा राखिएको छ। कहो न प्यार हेबाट बलिउडमा डेब्यु गरेका ऋतिकको अहिले बलिउड नगरीमा उपस्थिति कम हुने गरे पनि हट नायकको सूचीबाट भने हटेका छैनन्। सिक्स प्याक मसलवाला यी नायकको नृत्य क्षमतालाई विश्वले नै तारिफ गर्ने गरेको छ।नेपालसमाचारपत्र


  •  
  •  
  •