महिलालाई सेक्सभन्दा केक प्यारो ?

113
  •  
  •  
  •  

 (एजेन्सी । सेक्स महिला–पुरुष दुबैका लागि निकै आवश्यक तत्व हो । सेक्ससँग सम्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् । अनुसन्धानले नै महिलाले भन्दा पुरुषहरुले सेक्सको बारेमा बढि सोच्ने निष्कर्ष निकालेको छ ।

यस्तैमा महिलाहरुको सेक्स व्यवहार सम्बन्धि अर्को एउटा सर्वेक्षण गरिएको छ जसका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको केक खानका लागि शारिरक सम्बन्ध बनाउन चाँहदैनन् । डेली स्टारको रिपोर्ट अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु रक्सी पिउन र १३ प्रतिशत महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् ।

यो अनुसन्धान २,२०० महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरान गरिएको हो । उक्त सर्वेक्षणका निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् । उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ ।’

उक्त सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आफ्नो बोसलाई खुसी बनाउनका लागि केक खुवाउन मनपराउँछन् । यस्तैमा ११ प्रतिशत पुरुषहरु आफ्नी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने बताउँछन् ।


  •  
  •  
  •