सेक्स गर्नुस्, भगाउनुस् टाउको दुखाई र माइग्रेन

234
  •  
  •  
  •  

 

के तपाईलाई माइग्रेनको समस्या छ, के तपाई माइग्रेनका कारण निकै समस्यामा हुनुहुन्छ ? यस समस्याको सहज उपाय छ ।

एबीपी लाईव अनलाईनमा प्रकाशित एक सर्वेक्षणका अनुसार यदी टाउको दुख्ने वा माइग्रेनको समस्या छ भने यसबाट छुटकारा पाउनका लागि औषधी लिन छोड्नुस् र सेक्स गर्नुस् ।

जर्मन सोधकर्ताहरूले एक सर्वेक्षणमा ६० प्रतिशत माइग्रेनबाट पीडित र ३७ प्रतिशत सामान्य टाउको दुखाईबाट पीडित मानिसहरूले सेक्स गरेपछि उनीहरूलाई दुखाईबाट केही छुटकारा मिलेका बताएका छन् ।

यो सर्वेक्षणका क्रममा ८ सय माइग्रेन पीडित र २ सय टाउको दुखाईबाट पीडित मानिसहरू सहभागी गराइएको थियो । यी मध्ये धेरैले सेक्सपछि आफ्नो दुखाई कम भएको बताएका थिए ।

जर्मन युनिभरसिटी मन्स्टरका शोधकर्ताहरूका अनुसार माइग्रेन या टाउको दुखाईका क्रममा मानिसहरूले सेक्स गर्ने गर्छन् । जबकी सर्वेक्षणका अनुसार माइग्रेन र टाउको दुखाईमा सेक्स गरेपछि पूर्ण रूपमा छुटकारा पाउन सकिन्छ ।

शोधकर्ताहरूका अनुसार सेक्सका क्रममा एण्डोर्फिन नामक हर्मोन उत्पादन हुन्छ, जसले प्राकृतिक पेनकिलरको काम पनि गर्छ । यसले गर्दा टाउको दुखाईलाई कम गर्न मद्धत गर्छ ।

 


  •  
  •  
  •