पोखरामा यौन पर्यटन?

163
  •  
  •  
  •  

काठमाडौं २८ भदौ ।
कानुनतः नेपालमा यौन व्यापार वर्जित छ। तर, सबै प्रमुख शहरमा सेक्सको किनबेच चलिरहेको छ। पर्यटकीय नगर पोखरामा प्रकृतिको स्वाद लिन मात्रै होइन, देहसुख भोग्न पनि पर्यटकहरू जाने गर्छन्। प्रहरीको कडाइपछि यहाँका स–साना होटलमा हुने यौन व्यवसाय सुकेको छ। प्रहरी यहाँबाट यौन व्यापारको जरोमुरो उखेल्न चाहन्छ भने यहाँका व्यवसायीहरू यौन पर्यटन सुरु गर्नुपर्ने धारणा राख्छन्। अम्मर जिसीले पोखरा पुगेर यहाँको सेक्स बजारका विभिन्न आयाम बुझ्न खोजेका छन्।

‘ए नानी, तिमी–हामी मिलेर त्यो मोरो लामा भन्नेलाई यहाँबाट लखेट्नुपर्‍यो!’   पोखराको बाग्लुङ बसपार्कस्थित जमुना रेस्टुरेन्टकी साहुनी भन्दै थिइन्। पिठ्यूँमा सानो छोरा बोकेर आँशु झार्दै सरापी पनि हालिन्, ‘हाम्लाई भोकै मार्ने भो त्यसले। हामी दुःखीको आँशु लागिजाओस्।’
विगत दुई दशकदेखि बसपार्क छेउमा रेस्टुरेन्टका नाममा ढुक्कले यौनधन्दा चलाएकी उनले यसपटक भने जिल्ला प्रहरी प्रमुख एसपी वसन्त लामाको ‘विशेष सक्रियता’का अगाडि झुक्नैपर्योआ। ‘पहिलाका प्रहरीहरूलाई अलिअलि दामपानी चढाएर खुशी पार्न सकेकै थियौँ। यसले त मान्दैन रैछ,’ उनले भनिन्, ‘अब त यत्रो महँगो घरभाडा तिरेर सकिन्न यहाँ बस्न।’

त्यहीँको ‘न्यु फ्रेन्डसिप’ होटलकी सञ्चालक टोल सुधार समितिसँग आक्रोश पोख्दै थिइन्, ‘जस्तासुकै एसपीलाई तह लाइएकै थियौँ। यसपटक त त्यो टोल सुधार समितिका गुण्डाहरूसँग मिलेर प्रहरीले उठीबास लायो।’ अर्का होटल सञ्चालक जंगबहादुर तामाङ अहिले फुर्सदमा छन्। ‘पहिला त यतिबेला पूरा व्यस्त भइन्थ्यो। अचेल फुस्सा!’ उनले भने। उनका अनुसार दिन ढल्किनेबित्तिकै त्यहाँ ‘सेक्सको हाटबजार’ लाग्थ्यो। सुन्दर पर्यटकीय नगरी पोखरा घुम्न भनी आएका देश–विदेशका पर्यटकहरू छानीछानी रोमान्स गर्न पाउँथे।

‘विशेषगरी इन्डियनहरू धेरै आउँथे,’ तामाङले भने। सेक्सका भोकाहरू जति पनि खर्चन तयार हुने गरेको भेट्थे, तामाङ जस्ता व्यवसायीहरू। त्यहाँका पुराना व्यवसायी पदमसिंह गुरुङलाई आफ्नो मेडिकल र होटल एक्कासि सुकाइएको देख्दा वैराग लागेर आउँछ। उनको मेडिकल कन्डम, पिल्स, इकोनलगायत अस्थायी साधनको व्यापारबाटै चम्केको थियो। ‘व्यापार ठप्पै भइसक्यो। अब त अन्तै सार्नुपर्ला,’ उनले सुस्केरा हाले। निराश उनी मात्र छैनन्, बाग्लुङ बसपार्कका करिब ७५ वटै होटल बन्द हुने क्रममा छन्। ‘६० वटा जति बन्द भइसके। अरू पनि केहीले नयाँ टेक्निक लाएर धन्दा चलाउने प्रयास गर्दै छन्।

तिन्लाई पनि छाडिन्न,’ टोल सुधार समितिका अध्यक्ष सुरेश बजिमया टोलले नयाँ रूप लिँदै गरेकोमा दंग छन्। छाप्रा, सटर, घर भाडामा लिएर खुलेका होटल, रेस्टुरेन्टहरू अहिले सैलुन, फेन्सी, किराना पसलको रूप धारण गर्दै छन्। सुनसान हुँदै छ बजार। पहिला यौनकर्मी राखिने ठाउँमा अहिले कुखुरा राखेर फार्म चलाइएको छ।
यो त भयो, पोखराको मुख्य यौन अखडा बाग्लुङ बसपार्कको निराशा। एकातिर प्रहरी यसैगरी सेक्स बजार सुकाउँदै हिँडेको छ भने अर्कातिर त्यही शहरमा ‘सेक्स टुरिजम’लाई वैधानिकता दिन नसके नेपालको पर्यटन उद्योग कहिल्यै फस्टाउन नसक्ने बहस चल्दै छ। पोखरामा सेक्स बजारको मुख्य स्रोत त्यही बाग्लुङ बसपार्क हो। अन्य ठाउँका यौनकर्मीबाट ‘सेक्स डिमान्ड’ पूर्ति नभए विकल्प त्यही बसपार्क बन्ने गर्थ्यो। शुक्रबारबाट


  •  
  •  
  •