दश वर्षसम्म अड्कियो योनीमा सेक्स टोय

292
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (एजेन्सी) L स्कटल्याण्डकी एक ३८ वर्षीया महिलाको योनीमा १० वर्षदेखि सेक्स टोय अड्किएको पत्ता लागेको छ । शरिरभित्र तीव्र रुपमा तल–माथि– गरिरहेको जस्तो लाग्ने र निकै पिसाब लाग्ने तथा तौल घटिरहेको समस्या डाक्टरलाई बताएपछि उनको परीक्षण गर्दा टोय रहेको पत्ता लागेको हो । डाक्टरहरुले एक्सरे गर्दा उनको योनीमा एउटा सेक्स टोय अड्किरहेको देखिएको थियो ।

डाक्टरहरुले यौन उन्मादको बेला ती महिलाले खेलौनाको प्रयोग गरेको र पछि निकाल्न बिर्सेको हुन सक्ने बताए । पाँच इन्चको सो खेलौनाले उनको स्वास्थ्यमा असर पारेको छ । चिकित्सकहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनएअनुसार उनलाई सो खेलौना लागि प्राणघातक पनि हुन सक्नेछ । यद्यपि उनको अवस्था अहिले सामान्य छ ।

खेलौनाको एक ब्लाडरले मूत्राशयको कार्यप्रणालीमा असर पुराइरहेको थियो जसका कारण उनको पिसाब मृगौलामा फर्किरहेको थियो । साथै खेलौनाले योनीमा एउटा मार्ग अथवा ट्युबजस्तो आकृति पनि बनेको थियो जसबाट उनको पिसाब योनीसम्म पुगिरहेको थियो ।


  •  
  •  
  •