नायीकाको घरमा देह ब्यापार

315
  •  
  •  
  •  

काठमाडौं १२ मंसिर । बलिउड नायिका प्रियंका चोपडाले मुम्बईको अन्धेरीमा रहेको घरमा देह व्यापार भइरहेको खुलासा भएको छ। आफ्नो घर उनले भाडामा दिएकी थिइन। भाडामा लिनेले त्यहाँ करिष्मा स्पा र ब्यटिपार्लर चलाएका थिए। छेउमा प्रियंकाकी आमाको क्लिनिक पनि रहेको छ। तर प्रहरीले स्पामा देह ब्यापार गरेको आरोपमा व्यवस्थापक सहित तीन जना महिलालाई प्रकाउ गरेको छ। स्पामा देह व्यापार भइरहेको छ भन्ने थाहा पाएपछि पुलिसले छापा मारेका थिए । वेश्यावृत्ति हुने सुराकीको आधारमा ग्राहकको रुपमा प्रहरी स्पामा पस्दा प्रमाण भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो। स्पा सञ्चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

नायिका चोपडा पनि सो स्पामा धेरै पटक गएकी थिइन्। प्रतिक्रिया लिन खोज्दा चोपडा सम्पर्कमा नआएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।


  •  
  •  
  •