महिलाको यौनशक्ति बढाउने ‘भियग्रा’

209
  •  
  •  
  •  

अमेरिकी फ’ड रेगुलेटरी बडी (फूड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन) ले महिलाको यौनशक्ति बढाउन तयार गरिएको भियग्रा जस्तै औषधिको प्रयोग गर्न मञ्जुरी दिएको छ ।

यसलार्इ बनाउने कम्पनी स्प्राउट फर्मास्युटिकल्सले जनाए अनुसार अक्टुबरबाट यो औषधि अमेरिकन बजारमा पाइनेछ । अमेरिकामा महिलाका लागि पहिलो पटक यस्तो औषधि प्रयोग गर्न मञ्जुरी दिइएको हो ।

यो औषधिको मेडिकल नाम फ्लिबनसेरिन रहेको छ । यसले अन्य प्रकारका भियग्रा भन्दा फरक तरिकाले काम गर्नेछ । यसले यौनाङ्गहरुमा रगतको प्रबाह बढाउनुका साथै ब्रेन केमिकल्सलार्इ पनि सक्रिय गराउनेछ ।

यसले महिलामा ‘हाइपोएक्टिभ सेक्सुअल डिजायर डिसअर्डर’ यौन उत्तेजना नहुने कुरालार्इ पनि ध्यानमा राख्दै बनाइएको छ । अमेरिकामा १० जनामा एक महिलामा यौन उत्तेजना नहुने तथा यौन सम्पर्कमा इच्छा नहुने समस्या छ ।

साइड इफेक्ट्सका कारण कारण सन् २०१० र २०१३ मा फ्लिबनसेरिनलार्इ बजारमा लैजान मञ्जुरी दिइएको थिए । तर यो औषधि उत्पादनमा संलग्न विज्ञहरुको टिमले भने केही विकल्प नभएका महिलाका लागि यो औषधि बरदान सावित हुने बताउँदे आएका छन् ।

कयौं आलोचकहरुले भने फ्लिबनसेरिनले फाइदा भन्दा बढी हानी गर्ने बताउँदै आएका छन् । यसै साल करिब २ सय बढी अनुसन्धानकर्ताले एफडिएलार्इ पत्र पठाएर यो औषधिलार्इ बजारमा लान मञ्जुरीका लागि अपिल गरेका थिए ।

अनुसन्धानकर्ताले गरेको अध्ययनका क्रममा यो औषधिले महिलामा थकान, उल्टी, उच्च रक्तचाप र बेहोसी जस्ता समस्या आउन सक्ने पाइएको छ ।

पुरुषका लागि उपलब्ध भियग्रा भन्दा फरक तरिकाले फ्लिबनसेरिनलार्इ प्रत्येक दिन खानुपर्ने हुन्छ । यसैका कारण यसबाट शरीरमा नकारात्मक असर पर्ने सक्ने चिकित्सकहरुको भनाइ छ ।

अध्ययनका अनुसार मदिरा, गर्भनिरोधक औषधि र चायापोतो जस्ता औषधिसँगै खाएमा यसको असर धेरै नै खतरनाक हुनसक्ने छ ।

एफडीएको ‘सेन्टर फर ड्रग इभ्याल्युएसन एन्ड रिसर्च’ डिपार्टमेन्टका निर्देशक जेनेट वुडककले यो औषधिले यौनइच्छा कम हुने महिलालार्इ गतिलो साथ दिने बताए ।

‘एफडिए महिलाको स्वास्थ्य प्रति सचेत छ । हामीले महिलामा हुने यौनोत्तजनामा देखिएको कमीलार्इ पुरा गर्न गतिलो विकल्प भेटेका छौं’, उनले भने, ‘यो औषधि भियग्रा बेच्न अनुमति पाएका हेल्थ केयर प्रोफेसनल्स र फार्मेसीबाटै मात्र किन्न सकिनेछ ।

-पत्रिका/एजेन्सी


  •  
  •  
  •