बलिउडमा जम्दै पाकिस्तानी ‘सेक्स बम’

362
  •  
  •  
  •  

काठमाडौं । पाकिस्तानी सेक्स बम सारा लोरेन पछिल्लो समय आफ्नो बलिउड करियर सुरक्षित गर्दै छिन् । ‘इश्क क्ल्कि’ फिल्ममा शेखर सुमनका छोरा अध्यायन सुमनको जोडीका रुपमा अभिनय तयारीमा छिन् । साराले सो चलचित्रका लागि अध्यायनसँग केही अन्तरंग दृश्यसमेत दिनेछिन् ।

अध्यायन पछिल्लो समय बलिउडका नवअभिनेत्रीसँग मात्र काम गरिरहेका छन् । जो सेक्सी दृश्यका लागि सजिलै तयार हुने गर्दछन् । ‘हाल ए दिल’बाट अभिनय करियर सुरु गरेका अध्यायनले ‘हिम्मतवाला’ र ‘हार्टलैस’जस्ता चलचित्र बलिउडमा दिएका छन् । तर यी सबै चलचित्र व्यावसायिक रुपमा भने असफल मानिन्छन् ।
क्बचब(ीयचभल(क्भहथ द्द
लगातार चलचित्र असफल भएपछि अभिनयमा नयाँ तरिका अपनाउन थालेका अध्यायनले अबका चलचित्र भने सफल हुने दाबी गर्दै आएका छन् । सेक्सी साराले चलचित्रमा अध्यायनकी प्रेमीकाको भूमिका निर्वाह गर्नेछिन् । ‘इश्क क्ल्कि’ चलचित्र मार्फत सारा र अध्यायन पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।
– एजेन्सी


  •  
  •  
  •