काका र श्रीमती यौन सम्पर्क गर्दागर्दै फेला पारे पछि…..

225
  •  
  •  
  •  

काठमाडौं १८ असोज ।
आफनो श्रीमती र काका नाता पर्नेबीच यौन सम्पर्क गर्दागर्दै फेला पारे पछि कार्कीबाडा गाविस– ५ का एक युवकले हसियाँ प्रहार गरी दुवै जनाको हत्या गरेका छन्।

कार्कीबाडा गाविस– ५ का २५ वर्षीय धर्मराज बिकले आफ्नी २० वर्षीया श्रीमती पुतली बिक र आफनै घरका काका पर्ने २७ वर्षीय जगेन्द्र बिकको हत्या गरेका हुन्। श्रीमती र काकाबीच लामो समयदेखि यौन सम्पर्क हुँदै आएको शंका लागेको र शनिबार राति १० बजे दुबैबीच छिमेकीको घरको छतमा यौन सम्र्पक गर्दैगर्दा भेटिएपछि दुबैलाई फरक फरक स्थानमा हसिया प्रहार गरी हत्या गरेको धर्मराज विकले बताए ।

हत्या गरिएका जगेन्द्रलाई लखेटेर यौन सम्पर्क भएको स्थानदेखि ४ सय मिटर टाढा ताल्चा गमगढी सडक खण्डमा पर्ने पाटपोटेनि भन्ने स्थानमा पहिला टाउकामा ढुंगा प्रहार गरी ढालेपछि हसियाले घाँटी रेटेर हत्या गरेको र लगत्तै घरमा रहेकी श्रीमतीलाई हसिया प्रहार गरेर हत्या गरेको अभियुक्त विकले स्वीकार गरेका छन्।

आफनी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने गरेको रहस्य प्रति गएको बैशाख ४ गतेदेखि शंका लागेको भए पनि यसरी रंगेहात नभेटाएकाले केही गर्न नसकेको र शनिबार राति आफुँसगै सुतेको बखत आफु निदाएका बेला १० बजे सँगै सुतेको छोरा रोएको र कान्छो भाईले थाहा दिए पछि काखमा सुतेकी श्रीमती नभेटाएपछि खोजीमा जाँदा आफनो घर नजिकको छिमेकीको घरको छतमा यौन सम्पर्क गर्दागर्दै भेटाएपछि हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन्।

चार सन्तानका बाबु भएका हत्या गरिएका जगेन्द्र र एक बच्चा भएकी पुतलीको लामो समयदेखि यौन सम्पर्क भए नभएको आफूहरुलाई शंका नरहेको मृतक गजेन्द्रका दाई भुमिचन्द्र विकले बताए ।
दुबै जनाको हत्या गरेपछि २२ महिनाको छोरो लाई काखमा लिई अभियुक्तले हत्यामा प्रयोग गरिएको हसियासहित राति साँढे ११ बजे आफनो घरदेखि १५ मिनेट टाढा रहेको नेपाल प्रहरीको बिमानस्थल सुरक्षा ताल्चा प्रहरी चौकीमा आत्म सर्मपर्ण गरको प्रहरीले जनाएको छ।

नागरिकबाट


  •  
  •  
  •